तिम्रो याद आउँछ सानु

तिम्रो याद आउँछ सानु

आफ्नो मन आफै भित्र रुंदा,
बेदनाका आँशुहरु अचानक सुक्दा,
सम्बन्धको डोरी बे-मतलब फुक्दा,
तिम्रो याद आउँछ सानु !!

थाहा भएको कुरा भन्नदेखि चुक्दा,
सबैले आफुलाई घृणाले थुक्दा ,
आफ्नै मान्छेले मलाई आवारा भन्दा ,
तिम्रो याद आउँछ सानु !!

कोहिबाट मायाको कुरा सुन्दा,
अतितमा बिताएका पलसंग ठोक्किदा,
हिड्दाहिड्दै अचानक रोक्किदा ,
तिम्रो याद आउँछ सानु !!

#azzay

Leave a Reply

Ajay Pandey
%d bloggers like this: